चेल्सी एफए कपको पाँचौं चरणमा प्रवेश

काठमाडौं, माघ १२
इंग्लिस एफए कप फुटबलको संघर्षपूर्ण जित निकाल्दै प्रिमियर लिग टोली चेल्सी पाँचौं चरणमा प्रवेश गरेको छ । गत राति भएको खेलमा चेल्सीले हुल सिटीलाई २–१ ले हरायो ।

सिटीको घरमा भएको खेलमा चेल्सीका लागि खेल सुरु भएको छैटौं मिनेटमै मिक्की बात्सुयाईले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६४औं मिनेटमा फिकायो तोमोरीले गोल थपेपछि चेल्सी ०–२ ले अघि रह्यो ।

तर, खेलको ७८औं मिनेटमा सिटीका लागि कामिल ग्रोसिकीले १ गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिए । थप गोल गर्न नसक्दा खेल चेल्सीले १–२ ले जित्यो ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०८:४८
Loading...