एफए कप : अग्रता जोगाउन नसक्दा टोटनह्याम बराबरीमा, रिप्ले खेल्ने

काठमाडौं, माघ १२
इंग्लिस एफए कप फुटबलको चौथो चरणा प्रिमियर लिग टोली टोटनह्यामले निराशाजनक बराबरी खेलको छ । गत राति भएको खेलमा टोटनह्याम साउथह्यामपटनसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलमा अग्रता लिएर पनि जोगाउन नसक्दा टोटनह्यामले बराबरीमा रोकिँदै पुनः रिप्ले खेल्नुपर्ने भएको छ । टोटनह्यामका लागि खेलको ५८औं मिनेटमा सन हेङ मिनले गोल गरेका थिए । सोही गोलको अग्रता लिएर टोटनह्याम जिततर्फ अघि बढेको थियो ।

तर, खेल सकिन ३ मिनेट बाँकी छँदा साउथह्यामपटनका लागि सोफियान बोफालले गोल गरेपछि खेल १–१ मा सकियो । बराबरीमा सकिएपछि यी दुई टोली हार–जितको टुंगो लगाउन पुनः साउथह्यामपटनको मैदानमा भिड्नेछन् । यो खेल फेब्रुअरी ५ तारिखमा हुनेछ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०८:३४
Loading...