भ्यालेन्सिया र बार्सिलोनाको प्लेइङ – ११

एजेन्सी, माघ २२
स्पेनिस ला लिगा फुटबलमा आज राति लिग लिडर बार्सिलोना र सातौं स्थानको भ्यालेन्सियाको खेल हुँदैछ । भ्यालेन्सियाको घरमा हुने सो खेलमा बार्सिलोना पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिने तयारीमा छ भने भ्यालेन्सिया आफ्ना कप्तान ड्यानिएल पारेजोबिनै खेल्नेछ ।

गत साता ला लिगामा मालोर्सासँग ४–१ ले पराजित हुनेक्रममा पारेजोले रातो कार्ड खाएकाले आजको खेलमा उनीबिनै भयालेन्सियाले लिओनल मेस्सीसहितको बार्सिलोनाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति ः४५ बजेबाट सुरु हुनेछ ।

भ्यालेन्सिया यसअघि बार्सिलोनाको घरमा भएको पहिलो लेगमा ५–२ ले पराजित भएको थियो । आज आफ्नो घरमा उत्रिँदा भ्यालेन्सिया सो हारको बदला लिन मात्रै चाहँदैन, बार्सिलोनामाथि गत वर्ष कापा डेल रे फुटबलको फाइनलको कथासमेत दोहाराउने दाउमा छ । गत वर्ष भ्यालेन्सियाले बार्सिलोनालाई हराएर कोपाको उपाधि जितेको थियो ।

भ्यालेन्सिया र बार्सिलोनाको सम्भावित प्लेइङ–११ :

बार्सिलोना (१–४–३–३) – टर स्टेगेन (गोलकिपर), सर्जी रोवेर्टो, जेरार्ड पिके, क्लेमट लेङलेट, जोर्डी अल्बा (डिफेन्डर), अर्टुरो भिडाल, सर्जियो बुस्केट्स, फ्रेन्की डे जोङ (मिडफिल्डर), अन्सु फाती, लिओनल मेस्सी, एन्टोनी ग्रीजम्यान (फरवार्ड)

भ्यालेन्सिया (१–४–४–२) – जाउमे (गोलकिपर), गाया, पाउलिस्ट्रा, ग्यारी, वास (डिफेन्डर), सोलेर, कोन्डोगबिया, क्किलिन, फेर्रान (मिडफिल्डर), रोड्रिगो, गोमेज (फरवार्ड)

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १७:४९
Loading...