मेस्सीले ६ वटा बालोन डि‘ओर जित्दा सार्रीलाई ‘तनाव’ : दिए यस्तो प्रतिक्रिया

एजेन्सी, माघ ११
वर्ष २०१९ मा स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले बालोन डि‘ओर जित्दा उनले छैटौंपटक विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड जिते । यससँगै मेस्सी ६ वटा बालोन डि‘ओर जित्ने धर्तीका एक मात्रै खेलाडी बनेका छन् । उनीपछि इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ बालोन डि‘ओर जितेका छन् ।

यसैबीच, युभेन्टसका प्रशिक्षक माउरिसियो सार्रीले हालै एक अन्तर्वार्तामा कुरा गर्दै आफ्ना खेलाडी क्रिस्टियानो रोनाल्डोले भन्दा बढी अन्य कुनै खेलाडीले बढी बालोन डि‘ओर जितेको छ भन्दा आफूलाई अस्वभाविक र पीडादायी हुने बताएका छन् । उनले हालको अवस्थामा रोनाल्डोभन्दा बढी बालोन डि‘ओर अन्य कोहीसँग हुनु आफ्ना लागि अस्वीकार्य हुने बताए ।

‘यो साँच्चै कष्टप्रद छ कि, रोनाल्डोसँगभन्दा बढी बालोन डि‘ओर अन्य कोही खेलाडीसँग छ,’ सारीले भनेका छन्, ‘व्यक्तिगत रूपमा मलाई यो कुराले दुखाउँछ । किनभने, रोनाल्डो ६ वा त्योभन्दा बढी बालोन डि‘ओरका हकदार खेलाडी हुन् ।’

यस्तै, सार्रीले रोनाल्डोलाई २०२० मै छैटौं बालोन डि‘ओर जिताउन आफू र टिमले सबैखाले सहयोग गर्ने बताए । ‘रोनाल्डो साँच्चै छैटौं बालोन डि‘ओर जित्न चाहन्छन्,’ सार्रीले भने, ‘यो यसै वर्ष हुनेछ । र, उनलाई यो सफलताका लागि म र सिंगो टिमले कुनै कसर बाँकी नराखी सघाउने छ ।’

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १४:२९
Loading...