‘रुँदै मैदान छाडेका’ एसेन्सियो ६ महिनापछि प्रशिक्षणमा फर्किए

एजेन्सी, माघ ११
स्पेनिस रियल मड्रिडका युवा खेलाडी मार्को एसेन्सियो ६ महिनापछि चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । शुक्रबारबाट उनी आंशिक प्रशिक्षणमा फर्किएका हुन् ।

स्पेनिस खेलाडी एसेन्सियो गत साउन ८ गते प्रि–सिजनअन्तर्गत इन्टरनेसल च्याम्पियन्स कपमा इंग्लिस क्लब आर्सनलविरुद्धको मैत्रीपूर्ण खेल दौरान गम्भीर घाइते भएका थिए । सो खेलमा १ गोल गरेका उनले ६५औं मिनेटमा घाइते भएपछि रुँदै स्ट्रेचरमा बसेर मैदान छाडेका थिए ।

एसेन्सियोको घुँडाको लिगामेन्टमा गम्भीर चोट परेर अप्रेसन गरिएको थियो । अप्रेसनपछि ६ महिनाभन्दा बढी समय उपचार तथा आराम गरेर बिताएपछि उनी पुनः प्रशिक्षणमा फर्किएका हुन् ।

उनी प्रशिक्षणमा फर्किए पनि उनले मेडिकल पास भने पाइसकेका छैनन् । साथै उनी खेल्न कहिलेबाट फिट हुन्छन् भन्ने कुरा पनि तय भएको छैन । उनलाई अझै केही समय रिकभर हुन समय लाग्ने स्पेनिस मिडियाले जनाएका छन् ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार १३:४४
Loading...