कोपा डेल रे फुटबल : अन्तिम १६ को ‘ड्र’बारे सम्पूर्ण जानकारी

काठमाडौं, माघ १०
स्पेनिस कप कोपा डेल रे फुटबलको अन्तिम ३२ का खेल सकिएपछि अन्तिम १६ को समीकरण पूरा भएको छ । गत रातिका खेलसँगै अन्तिम १६ मा जाने १६ वटै टुंगो लागेको हो ।

यसपटक उपाधि दाबेदार एथ्लेटिको मड्रिड अन्तिम ३२ बाटै आउट हुँदा ला लिगाका बलिया टोली एइबार र रियल बेटिस पनि अन्तिम ३२ बाटै आउट भए । केही साना टिमले अन्ति १६ मा स्थान बनाएका छन् । अन्तिम १६ को ड्र बारे यहाँ सबै जानकारी छ ।

कुन–कुन टिम पुगे अन्तिम १६ मा ?

ला लिगा टिम – १० : ओसासुना, सेभिल्ला, बार्सिलोना, एथ्लेटिक बिल्बाओ, ग्रानाडा, रियल मड्रिड, भ्यालेन्सिया, भिल्लारियल, रियल सोसिडाड र लेगानेस

सेगुन्डा टिम – ४ : रियल जारागोजा, टेनेरिफ, मिरान्डेज र रायो भालेकानो

सेगुन्डा ‘बी’ टिम – २ : सिडी बाडाजोज र कल्चरल लियानेसा

कहिले हुन्छ ड्र ?

कोपा डेल रे कपको अन्तिम १६ को ड्र आज शुक्रबार नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । अन्तिम १६ का खेल भने अर्को साता जनवरी २८ देखि ३० सम्म खेलाउने तालिका छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १४:४४
Loading...