रोनाल्डो पेलेको दुर्लभ विश्व रेकर्ड भंग गर्ने नजिक

काठमाडौं, माघ १०
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो ब्राजिलका लिजेन्ड खेलाडी पेलेको एक दुर्लभ विश्व रेकर्ड नजिक पुगेका छन् । विश्व फुटबलको इतिहासमा पेलेले हालसम्मकै सर्वाधिक बढी ७५७ गोल गरेका छन्, जुन देश र क्लबका लागि सिनियर टोलीका लागि गरेको कूल गोल संख्या हो ।

यता, पोर्चुगलका रोनाल्डोले हालसम्म क्लब र देशका लागि गरी कूल ७१९ गोल गरिसकेका छन् । रोनाल्डो अब पेलेको सो दुर्लभ रेकर्ड बराबरी गर्नबाट मात्रै ३८ गोलले टाढा छन् । रोनाल्डोले हालकै लय कायम राख्न सके पेलेको सो रेकर्ड वर्ष २०२० भित्रै भंग गर्ने निश्चितप्रायः छ ।

रोनाल्डोले पोर्चुगलका लागि कूल ९९ गोल गरेका छन् भने सबै क्लबका लागि सबैखाले प्रतियोगितााट गरी कूल ६२० गोल गरेका छन् । यदि यस वर्षभित्र उनले थप ३८ गोल गर्न सके विश्व फुटबलको इतिहासमा पेलेको सर्वाधिक गोल संख्यासँग बराबरी गर्नेछन् भने ३९ गोल गरे रेकर्ड भंग गर्नेछन् ।

जारी सिजन रोल्डोले युभेन्टसका लागि १९ गोल गरिसकेका छन् । उनले वर्ष २०२० मा ४ खेलबाट ७ गोल गरेर शानदार सुरुआत गरेका छन् । युभेन्टसका लागि उनले पछिल्ला १० खेलाबट १३ गोल गरिसकेका छन्, जुन सोही समयमा अन्य कुनै पनि खेलाडीले गरेको गोल भन्दा सर्वाधिक हो ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ११:४४
Loading...