लिभरपुल ४० खेलसम्म अपराजित : इतिहास रच्ने नजिक

काठमाडौं, माघ १०
इंग्लिस क्लब लिभरपुल प्रिमियर लिगको इतिहासमा नयाँ इतिहास रच्ने नजिक पुगेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको लिभरपुले जारी सिजन घरेलु लिगमा अझैसम्म पनि अपराजित रहेको छ । लिगका २३ खेल सकिँदा उसले २२ खेलमा स्पष्ट जित निकालेर एक खेल बराबरी गरेको छ ।

गत राति प्रिमियर लिगमा अवे मैदामा उल्भ्सलाई १–२ ले हराएसँगै लिभरपुलले प्रिमियर लिगका पछिल्ला ४० खेलमा (अघिल्लो सिजनको सहित) अपराजित रहेको छ । र, यो एक रेकर्ड नै हो । लिगमा लिभरपुल अब सबैभन्दा धेरै खेलमा पराजित रहने चौथो टिम बनेको छ ।

हालसम्म ४० खेलसम्म नहार्ने टिम दुईटा छन् । अर्को चेल्सी हो । चेल्सी सिजन २००४–०५ मा ४० खेलसम्म अपराजित रहेको थियो । त्यसपछि नोटिङहा फोरेस्टले पनि ४२ खेलसम्म अपराजित टिमको रेकर्ड बनाएको छ । उसले सिजन १९७७–७८ मा ४२ खेलसम्म हारेको थिएन ।

प्रिमियर लिगको इतिहासमै सबैभन्दा धेरै खेलसम्म अपराजित रहने टिमको रेकर्ड आर्सनलको नाममा छ । आर्सनल सिजन २००३–०४ सिजनमा ४९ खेलसम्म अपराजित रहेको थियो, यो लिगको इतिहासकै सर्वाधिक लामो अपराजित यात्रा हो ।

लिभरपुल अब आर्सनलको सो रेकर्ड बराबरी गर्न ९ खेल र भंग गर्न मात्रै १० खेलले टाढा छन् । यदि अबका १० खेलमा पनि नहारे लिभरपुल लिगको इतिहासमै सबैभन्दा धेरै खेल नहार्ने टिम बन्ने छ ।

जारी सिजन लिभरपुल उपाधि नजिक पुगेको छ । उसले २३ खेलबाट ६७ अंक जोडेको छ । उसले एक खेल बढी खेलेको साबिक विजेता म्यानचेस्टर सिटीलाई १६ अंकले पछि पारिसकेको छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०९:४७
Loading...