तल्लो श्रेणीका टिमले हराए  : रियल बेटिस र एइबार दुवै कोपाबाट आउट !

काठमाडौं, माघ ९
स्पेनिस कोपा डेल रे फुटबलमा दुई ला लिगा टोली एइबार र रियल बेटिस दुवै आउट भएका छन् । गत राति भएको अन्तिम ३२ को खेलमा एइबार र बेटिस दुवै तल्लो श्रेणीको टिमसँग पराजित हुँदै प्रतियोगिताबाटै आउट भएका हुन् ।

एइबार अवे मैदानमा बाडाजोजसँग ३–१ ले स्तब्ध बन्यो । बाडाजोजका लागि खेलको आठौं मिनेटमा किङ्स्ले फोबीले पहिलो गोल गर्दा २१औं मिनेटमा एलेक्स कोर्रेडेराले पेनाल्टीमार्फत् गर्दा ७२औं मिनेटमा पाब्लो भाज्क्वेजले गोल गरे । पराजित एइबारका लागि २९औं मिनेटमा कार्लेसले १ मात्रै गोल पेनाल्टीमार्फत् गरे ।

यता, अर्को खेलमा बेटिस पनि अवे मैदानमा रायो भालेकानोसँग पेनाल्टी सुटआउटमा पराजित भयो । निर्धारित ९० मिनेटको खेल २–२ मा सकिएर पेनाल्टी सुटआउटमा पुगेको खेलमा भालेकानोले बेटिसलाई ४–२ ले स्तब्ध बनायो ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०८:१२
Loading...