लिभरपुलको जितमा फर्मिन्हो नायक : अपराजित यात्रा झन् लामो

काठमाडौं, माघ १०
प्रमुख उपाधि दाबेदार टिम लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रालाई थप लामो बनाएको छ । गत राति भएको लिगको २४औं साताको खेलमा लिभरपुलले अवे मैदानमा उल्भ्सलाई १–२ ले हरायो ।

बलियो टोली उल्भ्सको घरमा लिभरपुलले खेलको आठौं मिनेटमै जोर्डन हेन्डर्सनको गोलबाट अग्रता लिएको थियो । उनले हेडिङमार्फत् सुन्दर गोल गरेका थिए ।

त्यसपछि आफ्नो घरमा बराबरी गोलको खोजीमा रहेको उल्भ्सका लागि ५१औं मिनेटमा राउल जिमेन्जले गोल गर्दै टिमलाई खेलमा फर्काए । सो गोलपछि खेल बराबरीतर्फ उन्मुख थियो ।

तर, खेलको ८४औं मिनेटमा रोवर्ट फर्मिन्होले लिभरपुलका लागि विजयी गोल हानेपछि खेल लिभरपुलले १–२ ले जित्यो । अब यो जितसँगै लिभरपुलले जारी सिजन लिगमा २३ खेल सकिँदासम्म पनि अपराजित नै रहेको छ । उसले २२ खेलमा स्प्ष्ट जित निकालेर १ खेल बराबरी गरेको छ ।

लिभरपुलले अन्य टोलीभन्दा एक कम खेल खेलेर पनि कूल ६७ अंक जोडेको छ । उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई एक कम खेलेको अवस्थामा पनि १६ अंकले पछि छाडेको छ । पराजित उल्भ्स ३४ अंकसहित सातौं स्थानमा यथावत छ ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०७:४९
Loading...