तल्लो श्रेणीको टिमसँग एथ्लेटिको मड्रिड स्तब्ध : कोपाको अन्तिम ३२ बाटै आउट !

काठमाडौं, माघ १०
स्पेनिस क्लब एथ्लेटिको मड्रिड अप्रत्यासित रूपमा कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै आउट भएको छ । गत रात कल्चरल लियोनेसासँग अवे मैदानमा २–१ ले हार्दै एथ्लेटिको प्रतियोगिताबाट आउट भएको हो ।

प्रमुख उपाधि दाबेदारमध्ये एक एथ्लेटिकोलाई यो हारसँगै ठूले झट्का लागेको छ । यो हारपछि टिम र प्रशिक्षक डिएगो सिमोनीमाथि चर्को दबाब बढेको छ ।

ला लिगाको उपाधि होडमा रहेको एथ्लेटिको तल्लो श्रेणीको टोलीसँग उसकै घरमा २–१ ले स्त्बध बनेको हो । खेलमा एथ्लेटिकोले ६२औं मिनेटमा एन्जल कोरेरियाको गोलबाट अग्रता लिएको थियो । तर, घरेलु टोली लियोनेसाका लागि ८३औं मिनेटमा जुलेन कास्टानेडाले गोल गरेर खेल १–१ बनाए ।

निर्धारित ९० मिनेटको समय १–१ मा सकिएपछि खेल थप ३० मिनेटमा गयो । जहाँ एथ्लेटिको स्तब्ध बन्यो । खेलको १०८औं मिनेटमा लियोनेसाका लागि सर्जियो बेनिटोे गोल गरेपछि खेल लियोनेसाले २–१ ले जित्यो ।

प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०७:२८
Loading...