कोपा डेल रे अन्तिम ३२ : आज पाँच खेल, एथ्लेटिको मड्रिडको खेल आजै

काठमाडौं, माघ ९
स्पेनको क्लब नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आज पाँच खेल हुँदैछन् । आज एथ्लेटिको मड्रिडको सहित कूल पाँच खेल हुन लागेका हुन् । यी खेलपछि अन्तिम ३२ को समीकरण पूरा हुनेछ ।

एथ्लेटिकोले अन्तिम ३२ मा कल्चरल लियोनेसा प्रतिस्पर्धी पाएको छ । त्यस्तै, गत सिजन ला लिगा खेलेको रायो भालेकानो र रियल बेटिसको खेल पनि आजै हुनेछ भने लेगानेस र एइबारले आ–आफ्नो खेल आजै राति खेल्नेछन् ।

आज राति हुने खेल नेपाली समयमा :

  1. मिरान्डेज भर्सेस सेल्टा भिगो – राति ११ः४५ बजे
  2. सिडी इब्रो भर्सेस लेगानेस – राति ११ः४५ बजे
  3. बाडाजोज भर्सेस एइबार – राति १ः४५ बजे
  4. कल्चरल लियोनेसा भर्सेस एथ्लेटिको मड्रिड – राति १ः४५ बजे
  5. रायो भालेकानो भर्सेस रियल बेटिस – राति १ः४५ बजे

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १५:२५
Loading...