पिएसजी लिग कपको फाइनलमा : उपाधिका लागि लियोनसँग भिड्ने

काठमाडौं, माघ ९
पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनल प्रवेश गरेको छ । गत राति भएको सेमिफाइनल खेलमा स्टेड रेइम्जलाई ०–३ ले हराउँदै पिएसजी उपाधि नजिक पुगेको हो ।

रेइम्जको घरेलु मैदानमा भएको सेमिफाइनल भिडन्तमा पिएसजीले २ गोल आफैंले गर्दा १ गोल उपहारमा पायो । त्यस्तै, घरेलु टोली रेइम्ज खेलको ७३औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

पिएसजीले खेलेको नवौं मिनेटमा माक्र्विनोसको गोलको अग्रता लिएको थियो । त्यसपछि खेलको ३१औं मिनेटमा उपहार गोल पायो । रेइम्जका घिश्लेन कोनानले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसपछि खेलको ७७औं मिनेटमा टाङ्गाए कोउसायीले गोल गरेपछि खेल पिएसजीले ०–३ ले जित्यो ।

यससँगै पिएसजीले फाइनलमा लियोनसँगको भट पक्का गरेको छ । लियोन पेनाल्टी सुटआउटमा लिलेलाई हराउँदै फाइल पुगेको थियो । फाइनल खेल आगामी अप्रिल ४ तारिखमा हुनेछ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०८:३३
Loading...