इबिजा भर्सेस बार्सिलोना : पहिलो हाफमा बार्सिलोना १–० ले पछि !

काठमाडौं, माघ ९
स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा अहिले इबिजा र ला लिगाको लिडर टिम बार्सिलोनाको खेल जारी छ । इबिजाको घरेलु रंगशालामा जारी खेलको पहिलो हाफमा इबिजाले बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १–० को अग्रता लिएको छ ।

इबिजाले पाहुना टोली बार्सिलोनाविरुद्ध खेलको नवौं मिनेटमै गोल गरेर अग्रता लिएको हो । जोसेप काबाल्ले मार्टिनले बार्सिलोनाको बक्सभित्र डिफेन्डरलाई छलाउँदै निकै सुन्दर गोल गरेका थिए ।

त्यसपछि खेलको १७औं मिनेटमा इबिजाले दोस्रो सुन्दर गोल हानेको थियो । तर, सो गोलको मुभमा इबिजाका खेलाडीले बार्सिलोनाका डिफेन्डर क्लेमेट लेङलेटलाई फउल गरेको भन्दै रेफ्रीले इबिजाको दोस्रो गोल रद्द गरेपछि घरेलु टोलीले अग्रता बढाउन पाएन ।

खेलको ३९औं मिनेटमा पनि इबिजाले तेस्रो गोलको अवसर बनायो । तर, शक्तिशाली प्रहार पोलमा लागेर फर्किंदा बार्सिलोना थप गोल खाना बचेको थियो ।

केही प्रमुख खेलाडीबिनै खेलिरहेको बार्सिलोनाले करिब ८० प्रतिशत बल आफ्नो पक्षमा राखे पनि उसले इजिाको पोस्टमा पहिलो हाफमा एकपटक पनि आक्रमण नै गर्न सकेन । यदि दोस्रो हाफमा बार्सिलोनाले कमब्याक जित निकाल्न सकेन भने ऊ कोपाको अन्तिम ३२ बाटै आउट हुनेछ ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ००:३०
Loading...