कोपा डेल रे खेल्न बेल र रोड्रिग्वेज चोटमुक्त हुँदै फर्किए

एजेन्सी, माघ ८
लामो समयदेखि चोटबाट गुज्रिरहेका स्पेनिस रियल मड्रिडका दुई प्रमुख खेलाडी ग्यारेथ बेल र जेम्स रोड्रिग्वेज टोलीमा फर्किएका छन । जारी सिजनअन्तर्गत कोपा डेल रे फुटबलको अन्तिम ३२ को खेल खेल्ने प्रारम्भिक टोलीमा यी दुवै खेलाडी सहभागी छन् ।

कोलम्बियन खेलाडी रोड्रिग्वेज लामो समयदेखि घाइते थिए भने बेल केही समयदेखि घाइते भएर टोलीबाहिर थिए । प्रशिक्षक जिनेदिन जिदानले युनियनिस्टासविरुद्धको खेलका लागि यी दुवै खेलाडीलाई टोलीमा डाकेका हुन् ।

यता, चोटमुक्त भएका खेलाडी टोलीमा फर्किंदा जिदानले टोनी क्रुस, लुका मोड्रिक, रोड्रिगो गोएसलाई आराम दिएका छन् । टोलीमा ब्राहिम डियाज पनि समेटिएका छन् । रियल मड्रिड र युनियनिस्टासको खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । यस्तो छ रियल मड्रिडको प्रारम्भिक टोली :

प्रकाशित मिति ८ माघ २०७६, बुधबार २१:४४
Loading...