मेस्सी र स्वारेजबिना इबिजाविरुद्ध बार्सिलोनाको प्लेइङ–११

काठमाडौं, माघ ८
जारी सिजनअन्तर्गत स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ मा आज बार्सिलोना र इबिजा भिड्दैछन् । खेल इबिजाको घरेलु मैदानमा राति ११ः४५ बजेबाट सुरु हुनेछ ।

यसपटकदेखि प्रतियोगितामा सिंगल खेलको ढाँचा लागू भएकाले एक खेल हुनेछ । अन्तिम ३२ मा पराजित हुने टिम प्रतियोगिताबाट आउट हुन्छ भने विजयी टिम अर्को चरण पुग्छ । एक खेलबाटै चरण छिनोफानो हुने भएकाले यसपालादेखि दोस्रो लेगबाट कमब्याक गर्ने सुविधा छैन । तर, सेमिफाइनलमा दुई लेग हुनेछन् ।

आज बार्सिलोना इबिजाको घरेलु मैदनमा उत्रिँदा ऊसँग केही प्रमुख खेलाडी हुनेछैनन् । कप्तान लिओनल मेस्सी टोलीमै छैनन् भने लुइस स्वारेज घाइते छन् । डिफेन्डर जेरार्ड पिके र सर्जियो बुस्केट्स पनि टोलीमा छैनन् ।

आज नयाँ प्रशिक्षक क्विके सेटिनले बार्सिलोनाको गोल पोस्टको जिम्मा नेटोलाई दिने सम्भावना छ भने आक्रमण लाइनमा एन्टोनी ग्रीजम्यानसँग टिम ‘बी’का खेलाडी कार्लेस पेरेज र अन्सु फातीलाई खेलाउने सम्भावना छ । आज सुरुआती टोलीमा ‘बी’ टिमकै मिडफिल्डर रिकी पुइगले पनि स्थान बनाउने सम्भाना छ ।

स्पेनिस पत्रिका ‘मार्सा’ले आज इबिजा भर्सेस बार्सिलोनाको सुरुआती ११ यस्तो हुने अड्कल गरेको छ –

प्रकाशित मिति ८ माघ २०७६, बुधबार २१:१७
Loading...