कोपा इटालिया क्वार्टरफाइनल : रोमाविरुद्ध सार्रीले उतार्दैछन् यस्तो प्लेइङ ११

एजेन्सी, माघ ८
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालीमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । प्रतियोगिताका दुई बलिया टिम युभेन्टस र रोमा क्वार्टरफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट युभेन्टसको घरेलु मैदानमा सुरु हुनेछ ।

सो खेलका लागि युभेन्टसका प्रशिक्षक सार्रीले प्रारम्भिक टोली घोषणा गरेका छन् । उनले २४ सदस्यीय टोली घोषणा गरेका हुन् । सार्वजनिक टोलीमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुइनसहितका प्रमुख खेलाडी छन् । रक्षापंक्तिदेखि मिडफिल्डसम्म सबै पहिलो रोजाइका खेलाडी छन् ।

आजको टोलीमा अघिल्लोपटक टोलीबाहिर रहेका रोड्रिगो बेन्टाकुर फर्किएका छन् । यसै साता रोमासँग घरेलु लिगमा आफ्नो घरमा भिड्दा २–१ ले जितेको युभेन्टसले लगत्तै सोही टिमविरुद्ध करिब–करिब उही टोली उतार्ने सम्भावना छ । रोमा बलियो टोली भएकाले यस खेलमा सार्रीले सबै पोजिसनमा प्रमुख खेलाडी खेलाउन सक्नेछन् ।

युभेन्टस र रोमाको सम्भावित–११

युभेन्टस (१–४–३–३) – बुफोन (गोलकिपर), जाउन काउडराडो, लियोनार्दो बोनुची, माथिस डि लिग्ट, ड्यानिलो (डिफेन्डर), रोड्रिगो बेन्टाकुर, मिरेलाम पियानिच, ब्लाइसी माटुइडी (मिडफिल्डर) क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, डग्लस कोस्टा (फरवार्ड)

रोमा (१–४–२–३–१) – पाऊ लोपेज (गोलकिपर) अलेक्सान्डर कोलारोभ, क्रिस स्मालिङ, जियानलुका म्यानसिनी, एलेस्सान्ड्रो फ्लोरेन्जी (डिफेन्डर), ब्रायन क्रिस्टिआने, आमाडोउ डाईवारा, जस्टिन कुलिभर्ट (मिडफिल्डर), लोरेन्जो पेलेग्रीनी, केन्जिज अन्डर, निकोला कालिनिक (फरवार्ड)

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १९:४०
Loading...