फुस्कियो भाल्भर्डेको ‘विश्वकै नम्बर वान कोच’ को स्थान : यस्तो छ नयाँ सूची

एजेन्सी, माघ ८
स्पेनिस बार्सिलोनाका पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको ‘विश्वकै सर्वोत्कृष्ट प्रशिक्षक’ को स्थान फुस्किएको छ । गत साता बार्सिलोनाबाट बर्खास्तमा परेपछि उनको पहिलो स्थान खोसिएको हो । यसअघि भाल्भर्डे पहिलो स्थानमा रहँदै आएका थिए ।

फुटबल वेबसाइट ‘क्लब वर्ल्ड र्याङकिङ’को ताजा सूचीअनुसार इंग्लिस क्लब लिभरपुलका जोर्गेन क्लोप विश्वकै सर्वोत्कृष्ट प्रशिक्ष बनेका छन् । उनी यसअघि भाल्भर्डेपछि दोस्रो स्थानमा थिए । तर, भाल्भर्डे बर्खास्तमा परेर क्लबविहीन बनेपछि क्लोप पहिलो स्थानमा चढेका हुन् ।

नयाँ सूचीको तेस्रो नम्बरमा अर्जेन्टिनी क्लब रिभर प्लेटका मार्सेलो गालार्डो रहेका छन् । चौथो नम्बरमा इटालियन क्लब युभेन्टसका माउरिसयो सार्री रहेका छन् । पाँचौंमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला रहेका छन् ।

हेरौं टप–१० सूची :

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १९:३४
Loading...