बार्यनले रियल मड्रिडका युवा डिफेन्डर भित्र्यायो

एजेन्सी, माघ ८
जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस रियल मड्रिडका युवा डिफेन्डर अल्भारो ओड्रिओजोलालाई लोनमा अनुबन्ध गरेको छ । आज दुवै क्लबले खेलाडी लोनमा किनबेचको अफिसियल घोषणा गरेका हुन् । सम्झौताअुसार ओड्रिओजोला यो सिजनको अन्त्यसम्मका लागि मात्रै बार्यनमा रहनेछन् ।

२४ वर्षीय राइट ब्याक पोजिसनका खेलाडी ओड्रिओजोलाले बार्यनमा मेडिकल पास गरेपछि दुई क्लबले घोषणा गरेका हुन् । उनले क्लबसँग सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिसकेका छन् ।

बार्यनले अफिसियल रूपमा रियल मड्रिडबाट ओड्रिओजोलाजस्तो युवा राइट ब्याक भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै प्रेस नोटसमेत जारी गरेको छ ।

ओड्रिओजोला सन् २०१८ मा रियल सोसिडाडबाट रियलमा अनुबन्ध भएका थिए । स्पेनको राष्ट्रिय टोलीका समेत सदस्य उनले ४ खेल खेल्दै १ गोल गरेका छन । जारी सिजन रियलका ागि उनले मात्रै ५ खेल खेलेर १ असिस्ट गरेका छन् । उनी प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा नपरेपछि क्लब छाडेका हुन् । उनले बार्यनमा २ नम्बर जर्सी लगाउनेछन् ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १८:१४
Loading...