लिग कपको सेमिफाइनलमा आज राति पिएसजी र रेइम्ज भिड्दै

काठमाडौं, माघ ८
फ्रान्सको नकआउट क्लब फुटबल प्रतियोगिता फ्रेन्च लिग कपमा आज राति दोस्रो सेमिफाइनल खेल हुँदैछ । गत राति पहिलो सेमिफाइनल खेलबाट लियोनले लिलेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा स्थान तय गरिसकेको छ ।

आज राति दोस्रो सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्टेड रेइम्जमको भिडन्त हुन लागेको हो । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट रेइम्जको घरेलु मैदानमा हुनेछ ।

पिएसजी आज अवे मैदानमा हुने यो खेल जितेर फाइनलमा लियोनसँको भेट पक्का गर्ने योजनामा छ । आजको खेलमा प्रशिक्षक थोमस टुचेलले प्रमुख खेलाडीलाई उतार्ने सम्भावना छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १८:१२
Loading...