कोपा इटालिया क्वार्टरफाइनल : आज युभेन्टस र रोमाको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, माघ ८
इटालीको नकआउट फुटबल प्रतियोगिता कोपा इटालियामा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ क्वार्टरफाइनलमा मा सिरी ‘ए’ का दुई बलिया टिम युभेन्टस र रोमा आमनेसामने हुँदैछन् । यी दुई टोली सातादिनकै बीचमा दोस्रोपटक भिड्न लागेका हुन् ।

यसअघि घरेलु लिगमा युभेन्टसको घरमा यी दुई टोली भिडेका थिए । जसमा पाहुना टोली रोमालाई युभेन्टसले २–१ ले हराएको थियो । त्यसपछि यी दुई टोली कोपाको अन्तिम आठमा आमनेसामने हुन लागेका हुन् ।

आजको खेल पनि युभेन्टसकै घरेलु मैदनमा हुनेछ । खेल नेपाली समयअनुसार रााति १ः३० बजेबाट सुरु हुनेछ ।

आज युभेन्स आफ्नो घरमा खेल्दा पाहुना टोली रोमामाथि लगातार दोस्रो जित निकालेर कोपाको सेमिफाइनल पुग्ने दाउमा छ भने रोमा यसअघि लिगमा भोगको हारको बदला युभेन्टससँग उसकै घरमा लिएर आफू सेमिफाइनल पुग्ने दाउमा छ ।

आजको खेलमा युभेन्टसको टोलीमा सबै प्रमुख खेलाडी उपलब्ध हुनेछन् । यसअघि अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डोलाई आराम दिइए पनि क्वार्टरफाइनलमा रोमाविरुद्ध उनी खेल्नेछन् । अन्य प्रमुख खेलाडी सबै आज टोलीमा उपलब्ध छन् ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १०:४१
Loading...