कोपा डेल रे अन्तिम ३२ : बार्सिलोना र रियल मड्रिडको खेल आज हुँदै

काठमाडौं, माघ ८
स्पेनको नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे कपमा आज एकै दिन ८ खेल हुँदैछन् । आज हुने खेलहरूमा केही ठूला टोलीका खेल पनि हुँदैछन् । जसमा आज बार्सिलोना भर्सेस इबिजा तथा युनियनिस्टास भर्सेस रियल मड्रिडको खेल आकर्षणका खेल हुनेछन् ।

यसपपटकदेखि अन्तिम ३२ बाटै सिंगल खेलको ढाँचामा प्रतियोगिता ढालिएकाले यो खेल जित्ने टम अन्तिम १६ मा पुग्नेछ । यसअघि पनि अन्तिम ३२ बाटै होम एन्ड अवे गरी दुई लेग खेलाइँदै आएको थियो । तर, यसपटक ढाँचा बदलेर सेमिफाइनलबाहेक सबै राउन्डमा सिंगल खेल खेलाइनेछ ।

आज हुने खेल नेपाली समयमा :

  1. इल्चे भर्से एथ्लेटिको बिल्बाओ – राति ११ः४५ बजे
  2. इबिजा भर्सेस बार्सिलोना – राति ११ः४५ बजे
  3. रियल सोसिडाड भर्सेस इसपान्योल – राति १ः४५ बजे
  4. युनियनिस्टास भर्सेस रियल मड्रिड – राति १ः४५ बजे
  5. जिरोना भर्सेस भिल्लारियल – राति १ः४५ बजे
  6. बाडालोना भर्सेस ग्रानाडा – राति १ः४५ बजे
  7. टेनेरिफ भर्सेस भाल्लाडोलिड – राति १ः४५ बजे
  8. लोगोर्नेस भर्सेस भ्यालेन्सिाया – राति १ः४५ बजे

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १०:३७
Loading...