कोपा डेल रे : लेभान्टेलाई हराउँदै सेभिल्ला अन्तिम १६ मा, मालोर्सा स्तब्ध

काठमाडौं, माघ ८
सेभिल्ला स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे कपको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति भएको अन्तिम ३२ को खेलमा ला लिगा टोली लेभान्टेलाई ३–१ ले हराउँदै सेभिल्ला अर्को चरण प्रवेश गरेको हो ।

सेभिल्लालाई सहज जित दिलाउनेक्रममा ३ जना खेलाडीले गोल गरे । खेलको १३औं मिनेटमा फर्नान्डोले पहिलो गोल गरेर सेभिल्लालाई अग्रता दिलाएका थिए । तर, ३१औं मिनेटमा लेभान्टेका लागि ओस्कार डुवार्टेले बराबरी गोल फर्काए

त्यसपछि सेभिल्लाले गोल गर्दै खेल जित्यो । ४६औं मिनेटमा लुकास ओकाम्पसले गोल गरेर सेभिल्लालाई २–१ को अग्रता दिलाए पनि ७८औं मिनेटमा ओलिभर टोरेजले गोल गरेपछि खेल सेभिल्लाले ३–१ ले जित्यो ।

गत राति नै भएका अन्य खेलमा ला लिगा टोली ओसासुनाले रेक्रेटिभोलाई ३–२ ले हराएर अन्तिम १६ मा स्थान बनाउँदा ला लिगा टोली मालोर्सा भने नमिठो गरी हार भोग्न बाध्य भयो । दुई दिनअघि मात्रै ला लिगामा भ्यालेन्सियालाई ४–१ ले हराएको मालोर्सालाई कोपामा जारागोजाले ३–१ ले स्तब्ध बनाउँदै कपको अन्तिम ३२ बाटै आउट गरायो ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार १०:२१
Loading...