१० खेलाडीमा सीमित आर्सनलसँग चेल्सी घरमा बराबरीमा रोकियो

काठमाडौं, माघ ८
इंग्लिस क्लब चेल्सी प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । गत राति भएको खेलमा चेल्सी आफ्नै घरमा पाहुना टोली आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो । आर्सनल २६औं मिनेटमा १० खेलाडीमा झरे पनि चेल्सीले त्यसको फाइदा लिन सकेन ।

खेलको २६औं मिनेटमा आर्सनलका डिफेडर डेभिड लुइजले बक्समा चेल्सीका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले सोझै रातो कार्ड दिएर चेल्सीलाई पेनाल्टीको मौका दिएका थिए । जसमा जर्जिन्होले गोल गर्दै खेमा अग्रता दिलाए ।

त्यसपछि खेलको ६३औं मिनेटमा आर्सनलका लागि ग्याब्रिएल मार्टिनेल्लीले बराबीी गोल फर्काए । उनले निकै सुन्दर गोल गरेका थिए । त्यसपछि ८४औं मिनेटमा चेल्सीका लागि केसारले गोल गरेर घरेलु टिमलाई जितको बाटो देखाएका थिए ।

तर, त्यसको ३ मिनेटेमै आर्सनलका लागि हेक्टर बलर्लिनले फ्रि किकमा सोझै गोल गरेपछि चेल्सी जितबाट चुक्यो । र, खेल २–२ मा सकियो । अब यो बराबरीसँगै चेल्सीको खातामा २४ खेलबाट ४० अंक भएको छ । ऊ चौथो स्थानमा यथावत छ । आर्सनल ३० अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०९:२२
Loading...