सेफिल्डमाथि सिटीको कठिन जित : जेसस फेरि चुके पेनाल्टीमा

काठमाडौं, माघ ८
ब्राजिलियन स्टार ग्याब्रिएल जेसस पेनाल्टीमा चुक्दा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । गत राति भएको खेलमा सिटीले अवे मैदानमा सेफिल्ड युनाइटेडमाथि ०–१ को साँघुरो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सिटीले खेलको ३६औं मिनेटमा पेनाल्टी पाएको थियो । बक्समा सिटीका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका थिए । तर, जेससको पेनाल्टी सेफिल्डका गोलकिपरले सहजै बचाएपछि सिटी अग्रता लिनबाट चुकेको थियो ।

आफ्नो घरमा उत्कृष्ट रक्षात्मक खेल पस्किएको सेफिल्डले ७३औं मिनेटमा गोल खायो । क्रस पासमा सेफिल्डका गोलकिपर बिट भइसकेको अवस्थामा सर्जियो अगुएरोले सहजै गोल गरेपछि खेल सिटीले ०–१ ले जित्यो ।

अब यो जितसँगै सिटीले २४ खेलबाट ५१ अंक जोडेको छ । ऊ दास्रो स्थानमा छ । सिटी अझै पनि दुई खेल कम खेलेको लिभरपुलभन्दा १३ अंकले पछि छ । यदि लिभरपुलले बाँकी दुवै खेल जिते उसले लिभरपुललाई १९ अंकले पछि पार्नेछ । यता, पराजित सेफिल्ड ३३ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०९:०३
Loading...