अर्जेन्टिनाका गोलकिपर रोमेरो कार दुर्घटनामा परे

एजेन्सी, माघ ६
अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर सर्जियो रोमेरो सवार कार दुर्घटनामा परेको छ । रोमेरो सवार ल्यामबोर्गिनी कार ट्रेनिङ ग्राउन्ड नजिकै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अर्जेन्टिनाका ३२ वर्षीय रोमेरो कार दुर्घटनामा परेको क्लबले पनि औपचारिक रूपमा पुष्टि गरको छ । कार क्यारिङटनको प्रशिक्षण क्याम्प नजिकै दुर्घटनामा परेको हो । क्लबले विज्ञप्ति जारी गर्दै रोमेरो सवार कार दुर्घटनामा परे पनि उनलाई कुनै गम्भीर चोट भने नलागेको बताएको छ ।

करिब साढे २ करोड डलरको सो कार क्यारिङटनको ए–१६१४४ नम्बको सडमा दुर्घटनामा परेको हो । तस्बिरमा कारले सडकको छेउमा लगाएको फलामे बार भत्काएको देखिन्छ । सोक्रममा कारको पछाडिको भाग कच्याकुचुक भएको देखिन्छ ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार १९:३७
Loading...