पिएसजी फ्रेन्च कपको अन्तिम १६ मा प्रवेश

काठमाडौं, माघ ६
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फे्रन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति भएको अन्तिम ३२ को खेलमा लोरिन्टमाथि ०–१ को साँघुरो जित निकाल्दै पिएसजी अन्तिम १६ मा पुगेको हो ।

टोलीका केही प्रमुख खेलाडीलाई आराम दिएर खेलेको पिएसजीलाई जितका लागि ठूलै संघर्ष गर्नु परेको थियो । उसका लागि खेलको ८०औं मिनेटमा पाब्लो सराबियाले गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो ।

अक कपको अन्तिम १६ जाने सबै टोलीको टुंगो लागेको छ । अन्तिम आठ प्रवेशका लागि पिएसजीले अन्तिम १६ मा पाउसँग खेल्नेछ । अन्तिम १६ का खेल जनवरी २९ बाट सुरु हुनेछन् ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०९:१६
Loading...