बार्सिलोना भर्सेस ग्रानाडा : पहिलो हाफमा बराबरी

काठमाडौं, माघ ६
स्पेनिस ला लिगा फुटबलमा अहिले बार्सिलोना र ग्रानाडाको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जारी खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको छ । आफ्नो घरमा बार्सिलोनाले खेलमा लगातार पकड राखे पनि गोल गर्न भने सकेन । बार्सिलोनाले पहिलो हाफमा गतिला गोलका अवसर नै बनाउन सकेन । अन्सु फातीले दुईपटक मौका पाए पनि उनी चुक्दा घरेलु टोलीले गोलका लागि दोस्रो हाफमा संघर्ष गर्नुपर्ने भएको छ ।

पहिलो हाफमा बार्सिलोनाले ८२ प्रतिशत बल आफ्नो पक्षमा राखे पनि गतिला आक्रमण बनाउन सकेन । कूल ८ आक्रमण गरेकोमा मात्रै दुई हलुका प्रहार टार्गेटमा रहेका थिए ।

प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०२:३२
Loading...