बुन्डेसलिगा : हर्थामाथि बार्यनको शानदार जित

काठमाडौं, माघ ५
जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले शानदार जित निकालेको छ । आइतबार राति भएको लिगको १८औं खेलमा बार्यनले हर्थालाई उसकै घरमा ०–४ ले हरायो ।

अवे मैदानमा बार्यनलाई जिताउन ४ जना खेलाडीले गोल गरे । बार्यनले एकपक्षीय बनाएको खेलमा बार्यनले ४ वटै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि खेलको ६०औं मिनेटमा थोमस मुलरले शानदाार गोल गरे गरेर खाता खोलेका थिए ।

त्यसपछि ७३औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेर खेल ०–२ बनाउँदा ७६औं मिनेटमा थियागो अलकान्टाराले गोल गरे भने ८४औं मिनेटमा इभान पेरिसिचले गोल गरेपछि खेल बार्यनले ०–४ ले जित्यो ।

अब यो जितसँगै बार्यनले १८ खेलबाट ३६ अंक जोडेर लिगको दोस्रो स्थानमा पनि चढेको छ । ऊ अब लिग लिडर लिपजिगभन्दा ४ गोलले पछि छ । पराजित हर्था १९ अंकसहित १४औं स्थानमा छ ।

प्रकाशित मिति ५ माघ २०७६, आईतवार २३:१५
Loading...