ला लिगा : बार्सिलोना र ग्रानाडाको प्लेइङ–११

काठमाडौं, माघ ५
स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र ग्रानाडाको खेल हुँदैछ । बार्सिलोनाका नयाँ प्रशिक्षक क्विके सेटिनको डेब्यु खेल भएकाले यस खेललाई महत्त्वसाथ हेरिएको छ । बार्सिलोना गत साता सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित भएर नयाँ प्रशिक्षक नियुक्त गरेपछि उसले आफ्नो घरेलु मैदानमा पहिलो खेल खेल्दैछ ।

यसअघि ग्रानाडाको घरमा भएको पहिलो लेगको खेलमा बार्सिलोना २–० ले पराजित भएको थियो । बार्सिलोना आज आफ्नो घरमा सो हारको बदला लिने दाउमा मात्रै छैन, नयाँ प्रशिक्षकको डेब्यु खेलमा स्पष्ट जित निकाल्ने दाउमा पनि छ ।

आज आफ्नो घरमा हुने खेलमा बार्सिलोनाका नयाँ प्रशिक्षक क्विकेले यसअघि चोटका कारण टोलीमा नरहेका अर्थुर र ‘बी’ टिमका युवा खेलाडी रिकी पुइगलाई टोलीमा फर्काएका छन् । पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेन पनि चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् ।

तर, मिडफिल्डर फ्रेन्की डे जोङ भने आज टोलीमै छैनन् । सेटिनले आज ग्रानाडाविरुद्ध आक्रमण लाइनमा कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रीजम्यानसँग युवा खेलाडी अन्सु फातीलाई उतार्ने सम्भावना छ ।

बार्सिलोना र ग्रानाडाको सम्भावित प्लेइङ–११

बार्सिलोना (१–४–३–३) – टर स्टेगेन ( गोलकिपर), सर्जी रोवेर्टो, जेरार्ड पिके, क्लेमेट लेङलेट, जोर्डी अल्बा (डिफेन्डर), अर्टुरो भिडाल, सर्जियो बुस्केट्स, इभान राकिटिक (मिडफिल्डर), अन्सु फाती, ग्रीजम्यान, मेस्सी (फरवार्ड)

ग्रानाडा (१–४–२–३–१) – रुई सिल्भा (गोलकिपर), डियाज, डाउरे, जर्मन, नेभा (डिफेन्डर), गोनालोन्स, इटिके (मिडफिल्डर), पुएर्टासा, फर्नान्डेज, मासिस, सोइडाडो (फरवार्ड)

प्रकाशित मिति ५ माघ २०७६, आईतवार २१:२६
Loading...