सिरी ए : आज युभेन्टस र पार्माको भिडन्त, मिलानको खेल पनि आजै

काठमाडौं, माघ ५
इटालीको घरेलु लिग सिरी ए फुटबलमा आज केही महत्त्वपूर्ण खेल हुँदैछन् । आज हुने खेलमध्ये युभेन्टस र पार्माको खेल महत्त्वपूर्ण हुनेछ । हाल लिगको शीर्ष स्थानमा रहेको युभेन्टस लिगको २०औं खेल खेल्न सातौं स्थानको पार्मालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

हाल लिगमा युभेन्टस ४८ अंकसहित शीर्ष स्थानमा रहँदा पार्मा २८ अंकसहित सातौं स्थानमा छ । इन्टर मिलान ४६ अंकसहित दोस्रोमा रहँदा लाजियो ४५ अंकसहित तेस्रो स्थानमा छ ।

युभेन्टस आज आफ्नो घरेलु मैदानमा हुने यो खेल जितेर अंक तालिकामा शीर्ष स्थान कायमै राख्न चाहन्छ । लिगमा झिनो अन्तर मात्रै रहेकाले युभेन्टसका लागि आजको खेल अंकका हिसाबले निकै महत्त्वपूर्ण छ । यदि आज पराजित भए वा बराबरीमा रोकिए युभेन्टसको शीर्ष स्थान इन्टर मिलानले खोस्न सक्नेछ ।

आजका खेल नेपाली समयमा

  1. एसी मिलान भर्सेस उडिनेस – साँझ ५ः१५ बजे
  2. लिके भर्सेस इन्टर मिलान – राति ७ः४५ बजे
  3. ब्रेसिया भर्सेस क्याग्लिअरी – राति ७ः४५ बजे
  4. बोलोग्ना भर्सेस भेरोना – राति ७ः४५ बजे
  5. जेनोआ भर्सेस रोमा – राति १०ः४५ बजे
  6. युभेन्टस भर्सेस पार्मा – राति १ः३० बजे

प्रकाशित मिति ५ माघ २०७६, आईतवार ११:४४
Loading...