५६औं मिनेटमा मैदान छिरेका हल्यान्डले बुन्डेसलिगा डेब्युमै ठोके ह्याट्रिक !

काठमाडौं, माघ ४
जर्मन क्लब बोरुसिया डर्टमुन्डका नयाँ खेलाडी अर्लिङ हल्यान्डले आफ्नो डेब्यु खेलमै ह्याट्रिक गरेर सनसनी मच्चाएका छन् । शनिबार राति अवे मैदानमा अगर्सवर्गविरुद्ध भएको खेलमा डर्टमुन्ड पछि परेको अवस्थामा टिमलाई कमब्याक जित दिलाउन नयाँ नर्वेजियन खेलाडी हल्यान्ड नायक बने ।

हल्यान्ड खेलको ५६औं मिनेटमा बेन्चबाट मैदान छिरेका थिए, जुन उनको डेब्यु खेल थियो । तर, दोस्रो हाफमा मैदान छिरेका उनले मात्रै ३ मिनेटपछि गोलको खाता खोले । त्यसपछि उनले उनले २ गोल थप्दै आफ्नो ह्याट्रिसमेत पूरा गरे ।

अवे मैदानमा डर्टमुन्ड खेलको ५५औं मिनेटमा पुग्दा ३–१ ले पछि परेको थियो । तर, दास्रो हाफमा डर्टमुन्डले हल्यान्डको नायकत्वमा शानदार पुनरागमन सफल पार्न सफल भयो । घरेलु टोली अगर्सवर्गका लागि ३४औं मिनेटमा फ्लोरिनले पहिलो गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा खेलमा नाटकीय मोड देखिए । दोस्रो हाफमा सुरु हुनासाथ अगर्सवर्गका लागि मोर्को रिचट्रले गोल गरे भने । तर, खेलको ४९औं मिनेटमा डर्टमुन्डका लागि जुलियन ब्रान्डटले गोल गरेर खेल २–१ मा झारे । तर खेलको ५५औं मिनेटमा अगर्सवर्गका लागि फ्लोरिनले व्यक्तिगत दोस्रो गोल गरेर खेल ३–१ बनाए ।

त्यसपछि खेलको ५६औं मिनेटमा डर्टमुन्डका नयाँ खेलाडी हल्यान्ड मैदान आएपछि डर्टमुन्डले खेल एकाएक आफ्नो पक्षमा लग्यो । हल्यान्डले ५९औं मिनेटमा गोल गर्दै डेब्यु खेलमै आफ्नो गोलको खाता मात्रै खोलेनन्, टिमलाई कमब्याक जित दिलाउन पनि ठूलो योगदान पनि दिए । हल्यान्डको गोलपछि ६१औं मिनेटमा जोर्डन सान्चोले गोल गर्दै खेल खेल ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा हल्यान्डको राज सुरु भयो । उनले पहिलो गोल गरेको ११ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरे । फेरि त्यसको ९ मिनेटमै उनले आफ्नो ह्याट्रिक पूरा गरे । र, डर्टमुन्डलाई ३–५ को रोमाञ्चक जित दिलाए ।

लिग र क्लबकै लागि डेब्यु खेलमा बेन्चबाट आएर कूल ३६ मिनेट खेलेका हल्यान्डले ऐतिहासिक ह्याट्रिक गर्न मात्रै २० मिनेट लाग्यो । २० मिनेटमा उनले आफू अस्ट्रियन क्लब रेड बुलबाट ठीठाक बुन्डेसलिगा आइपुगेको घोषणा गरिदिए ।

यो जितसँगै डर्टमुन्ड १७ खेलबाट ३३ अंक जोडेर लिगको चौथो स्थानमा पनि चढेको छ । ऊ लिग लिडर लेइपजिगभन्दा ४ अंकले पछि छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार २२:५०
Loading...