सिरी ए : लाजियोको शानदार जितमा सिरोले हाने ह्याट्रिक

काठमाडौं, माघ ४
इटालियन घरेलु लिग सिरी ए फुटबलमा लाजियोले शानदार जित निकालेको छ । शनिबार राति भएको लिगको १९औं खेलमा लाजियोले आफ्नो घरेलु मैदानमा पाहुना टोली साम्पडोरियालाई ५–१ ले हरायो । लाजियोको जितमा फरवार्ड सिरो इम्मोबाइल नायक बने । उनले दुई पेनाल्टी गोलसहित ह्याट्रिक गरे ।

भ्रमणकारी टोली साम्पडोरिया ७३औं मिनेटमा १० खेलाडीमा झरेको थियो । साम्पाडेरियाका खेलाडी जुलियन छाबोट रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

घरेलु टोली लाजियोले खेलको सातौं मिनेटमै फिलिपे काइसेडोलेको गोलबाट अग्रता लिएको थियो । त्यसपछि खेलको १७औं मिनेटमा सिरोले पेनाल्टीमार्फत् टिमका लागि दोस्रो गोल गर्दा २०औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि लाजियोले पहिलो हाफमा ३–० को अग्रता लियो ।

त्यसपछि खेलको ५४औं मिनेटमा बार्टोमेउ ज्यासिन्टोले गोल गरेपछि लाजियो ४–० को अग्रतासहित जिततर्फ अघि बढेको थियो । फेरि खेलको ६५औं मिनेटमा लाजियोले दोस्रो पेनाल्टी पायो । सो पेनाल्टी पनि सिरोले नै हान्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

तर, खेलको ७०औं मिनेटमा कारोल लिन्टेले गोल गरेर लाजियोको जित ५–१ मा झारिदिएका थिए । अब यो जितसँगै लाजियोले १९ खेलबाट ४५ अंक जोडेको छ । ऊ लिगको तेस्रो स्थानमा चढेको छ । लाजियो समान खेल खेलेको लिग लिडर युभेन्टसभन्दा ३ अंक र दोस्रो स्थानको इन्टर मिलानभन्दा १ अंकले पछि छ । पराजित सान्पडोरिया १९ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार २१:५३
Loading...