रियल भर्सेस सेभिल्ला : भिएआरले खोस्यो सेभिल्लाको सुन्दर गोल

काठमाडौं, पुस ४
स्पेनिस ला लिगा फुटबल प्रतियोगिताा अहिले रियल मड्रिड र सेभिल्लाको खेल जारी छ । रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले गोल निकाल्न सकेनन् । तर, खेलको ३०औं मिनेटमा सेभिल्लाका लागि लागि डे जोङले निकै सुन्दर हेडिङ गोल गरेका थिए । उनले बनेगाको पासमा गोल गरेका थिए । तर, भिएआरले सो गोल रद्द गरेपछि सेभिल्लाले घरेलु टोलीविरुद्ध अग्रता लिन पाएन ।

सो गोल गर्नेक्रममा सेभिल्लाका खेलाडी गुडेल्जले रियलका डिफेन्डर मिलिटाओमाथि फउल गरेपछि भिएआरले सेभिल्लाको गोल रद्द गरेको थियो । सेभिल्लाका खेलाडीले गोलको खुसीयाली मनाइसकेपछि गोल रद्द भएको थियो ।

पहिलो हाफमा दुवै टोलीले गोलका राम्रा बनाउन सकेनन् । बल पोजिसन औसतमा बराबरी रहे पनि सेभिल्लाले बढी आक्रमण प्रयास गर्यो ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार २१:३०
Loading...