वाटफोर्ड पेनाल्टीमा चुक्दा टोटनह्यम हारबाट बच्यो

काठमाडौं, माघ ४
वाटफोर्डले घरेलु मैदानमा दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट बचेको छ । शनिबार भएको २३औं खेलमा टोटनह्यामलाई वाटफोर्डले आफ्नो घरमा गोलरहित बराबरीमा रोकेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तुलनात्मक रूपमा खेलमा बढी खेलमा अवसर टोटनह्यामले बनाए पनि उसका कुनै प्रहारले जाली चुम्न पाएन ।

दोस्रो हाफमा घरेलु टोली वाटफोर्डले खेल जित्ने मौका पाएको थियो । तर, ७०औं मिनेटमा वाटफोर्डका खेलाडी ट्रोए डिनीको पेनाल्टी टोटनह्यामका गोलकिपरले रोकेपछि घरेलु टोलीले खेलमा अग्रता लिने मौका गुमाएको थियो ।

पेनाल्टी खेर फालेपछि वाटफोर्डले फेरि अवसर बनाउन सकेन भने टोटनह्यामले पनि गोल गर्न नसकेपछि खेल ०–० मा सकियो । अब यो बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडेका छन् । टोटनह्यामको खातामा २३ खेलपछि ३१ अंक भएको छ भने वाटफोर्डको खातामा २३ खेलबाट २३ नै अंक छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार २०:५१
Loading...