‘डिबालाले ढिलो–चाँडो बालोन डि‘ओर जित्छन्’

एजेन्सी, माघ ४
हाल इटालियन युभेन्टसबाट खेलिरहेका अर्जेन्टिनी युवा फरवार्ड पाउलो डिबाला आजसम्म विश्व फुटबलको प्रतिष्ठित बालोन डि‘ओर अवार्डको दाबेदारीमा टप–५ मा पर्न सकेका छैनन् । तर, उनका प्रशिक्षक माउरिसियो सार्रीले भने डिबाला बालोन डि‘ओर जित्न सक्ने क्षमता भएका खेलाडी रहेको बताउँदै उनले ढिलो–चाँडो सो आर्ड जित्ने बताएका छन् ।

सार्रीले डिबालाले अहिले युरोपियन फुटबलमा एक स्टारको छाप छाडिसकेकले उनी सही समयको पर्खाइमा रहेको बताए । सार्रीले यो पनि बताएका छन् कि, डिबालाले युभेन्टसबाटै बालोन डि‘ओर जित्न सक्छन् । ‘ठीक यतिबेला डिबाला आफ्नो उत्कृष्ट लयमा छन् । जसका कारण उनी युरोपियन फुटबलमा उच्च स्तरबाट खेल्दैछन् । उनीसँग जुन स्तर र क्षमता छ, अहिले त्यो देखाइरहेका छन्,’ सार्रीले भनेका छन् ।

केही दिनअघि सार्रीले एक अन्तर्वार्तामा बोल्दै आफू र टिमले क्रिस्टियानो रोनाल्डोलाई छैटौंपटक बालोन डि‘ओर जित्न सघाउने भएका थिए । त्यसपछि उनले आफूसँग डिबालालाई पनि बालोन डि‘ओर जिताउने योजना रहेको बताए । ‘म क्रिस्टियानोले छैटौं बालोन डि‘ओर जितुन् भन्ने मात्रै चाहँदिनँ, पाउलोले पनि यो अवार्ड जित्छन् । हामी उत्कृष्ट स्तरबाट अघि बढ्यौं भने यो समय पनि चाँडै आउनेछ,’ सार्रीले भने ।

सार्रीले डिबालाले टोलीमा क्रिस्टियानोसँग उत्कृष्ट स्तरबाट खेल्न सक्ने र उनीहरूको पार्टरसीप राम्रो हुने बताए । ‘पछिल्लो समयका खेलबाट मलाई यो प्रष्ट भयो कि, रोनाल्डोसँग डिबाला निकै राम्रोसँग खेल्न सक्छन् । उनीहरूबीच राम्रो तालमेल र समझदारी देखिन्छ,’ सार्रीले भने, ‘उनीहरूको प्रदर्शन र साझेदारीबाट म निकै खुसी छु ।’

प्रकाशित मिति ४ माघ २०७६, शनिबार १८:०२
Loading...