प्रिमियर लिगमा आज आठ खेल हुँदै : टोटनह्याम र म्यानचेस्टर सिटीको खेल आजै

काठमाडौं, माघ ४
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एकैदिन ८ खेल हुँदैछन् । आज हुने खेलमध्ये केही ठूला टोलीका खेल पनि हुँदैछन् । जसमा आज टोटनह्याम, म्यानचेस्टर सिटी, आर्सनल, चेल्सीका खेल हेर्नलायक हुनेछन् ।

हाल लिगको अंक तालिकामा लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी ४७ अंकसहित दोस्रो स्थानमा छ भने लेस्टर सिटी ४५ अंकसहित तेस्रो स्थानमा छ । चेल्सी ३९ अंकसहित चौथो स्थानमा छ भने म्यानचेस्टर युनाइटेड ३४ अंकसहित पाँचौं स्थानमा छ ।

आजका खेल नेपाली समयमा

  1. वाटफोर्ड भर्सेस टोटनह्याम – साँझ ६ः१५ बजे
  2. ब्राइटन भर्सेस एस्टोन भिल्ला – राति ८ः४५ बजे
  3. म्यानचेस्टर सिटी भर्सेस क्रिस्टल प्यालेस – राति ८ः४५ बजे
  4. वेस्ट ह्याम भर्सेस एभर्टन – राति ८ः४५ बजे
  5. आर्सनल भर्सेस सेफिल्ड युनाइटेड – राति ८ः४५ बजे
  6. नर्विच सिटी भर्सेस बोर्नेमाउथ – राति ८ः४५ बजे
  7. साउथह्यामपटन भर्सेस उल्भ्स – राति ८ः४५ बजे
  8. न्यु क्यास्टल भर्सेस चेल्सी – राति ११ः१५ बजे

प्रकाशित मिति ४ माघ २०७६, शनिबार ११:३७
Loading...