ला लिगामा आज चार खेल : रियल मड्रिड र सेभिल्लाको भिडन्त आजै

काठमाडौं, माघ ४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एकैदिन चार खेल हुँदैछन् । २०औं साताअन्तर्गत आज ४ खेल हुँदा केही खेलमा रोमाञ्चक भिडन्त हुँदैछन् । आज हुने खेलमध्ये रियल मड्रिड र सेभिल्लाको खेल प्रमुख आकर्षणको खेल हुनेछ । त्यस्तै, इएबार र एथ्लेटिको मड्रिडको खेल पनि महत्त्वपूर्ण हुनेछ ।

रियल आजको खेल खेल्न सेभिल्लालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । आज आफ्नो घरमा पूर्वप्रशिक्षक जुलेन लोपेटेगुईको टिमविरुद्ध उत्रिँदा रियलका लागि यो खेल निकै महत्त्वपूर्ण हुनेछ । रियल आज यो खेलमा स्पष्ट जित निकालेर बार्सिलोनालाई पछि पार्दै लिगको शीर्ष स्थानमा चढ्ने दाउमा छ ।

हाल अंक तालिकामा बार्सिलोना र रियलको समान ४०–४० अंक भए पनि २ गोल बढी भएका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ । एथ्लेटिको मड्रिड ३५ अंकसहित तेस्रो स्थानमा छभने सेभिल्ला पनि ३५ अंकसहित चौथो स्थानमा छ ।

आजका खेल नेपाली समयमा

लेभान्टे भर्सेस अलाभेस – साँझ ५ः४५ बजे

रियल मड्रिड भर्सेस सेभिल्ला – राति ८ः४५ बजे

ओसासुना भर्सेस भाल्लाडोलिड – राति ११ः१५ बजे

एइबार भर्सेस एथ्लेटिको मड्रिड – राति १ः४५ बजे

प्रकाशित मिति ४ माघ २०७६, शनिबार ११:०६
Loading...