लेगानेसमाथि शानदार जितसहित गेटाफे पाँचौंमा उक्लियो

काठमाडौं, माघ ४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा गेटाफेले लेगानेसमाथि प्रभावशाली जित निकालेको छ । गत राति लेगानेस आफ्नै घरमा पाहुना टोली गेटाफेसँग ०–३ ले पराजित भयो । यो जितसँगै गेटाफे लिगको पाँचौं स्थानमा पनि चढेको छ ।

अवे मैदानमा लेगानेसलाई जिताउन ३ जना फरक–फरक खेलाडीले गोल गरे । ३ वटै गोल पहिलो हाफमा भएका थिए । खेलको १२औं मिनेटमा लियोनार्दो काबेराले गोल गरेर गेटाफेलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २१औं मिनेटमा अल्लान नियोमले गोल गरे भने ३३औं मिनेटमा जिमी माटाले गोल गरेर गेटाफेलाई पहिलो हाफमा ०–३ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट गोल नभएपछि खेल गेटाफेले जित्यो ।

अब यो जितसँगै गेटाफे २० खेलबाट ३३ अंक जोडेर लिगको पाँचौं स्थानमा चढेको छ । पराजित लेगानेस २० खेलबाट १३ अंकसहित १९औं स्थानमा छ ।

प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०८:०७
Loading...