रोनाल्डो ‘प्लेयर अफ् द मन्थ’ घोषित

एजेन्सी, माघ ३
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो डिसेम्बर महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषित भएका छन् । क्लब युभेन्टसले रोनाल्डोलाई सो महिनाका लागि आज उत्कृष्ट खेलाडी घोषित गरेको हो ।

डिसेम्बर महिनामा रोनाल्डोले ६ खेलबाट ६ गोल गरेका थिए । सोही महिनामा उनले चर्चित हवाई हेडिङ गोल गरेका थिए । सो गोल ‘एयर सिआर सेभेन’ नामले चर्चित रह्यो ।

जारी सिजन रोनाल्डो सुरुआती समयमा केही समस्यामा देखिए पनि पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । जारी सिजन उनले सबैखाले प्रतियोगिताबाट २३ खेल खेल्दै १६ गोल गरेका छन् भने २ गोलमा असिस्ट पनि गरेका छन् ।

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार २१:३९
Loading...