ला लिगामा आजदेखि २०औं साताका खेल हुँदै

काठमाडौं, माघ ३
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज रातिबाट लिगको २०औं साताका खेल हुँदैछन् । केही दिनको बिदापछि लिग आज रातिबाट पुनः सुरु हुन लागेको हो ।

आज राति जम्मा एक खेल मात्रै हुनेछ । जसमा लेगानेस र गेटाफेको भिडन्त हुँदैछ । यो खेल लेगानेसको घरेलु मैदानमा राति १ः४५ बजेबाट सुरु हुनेछ । हाल लिगमा लेगानेस १४ अंकसहित १९औं स्थानमा भने गेटाफे ३० अंकसहित सातौं स्थानमा छ । बाँकी खेल अर्को दिन शनिबार हुनेछन् ।

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १८:५०
Loading...