युनाइटेडका डिफेन्डर इन्टर मिलानमा अनुबन्ध

एजेन्सी, माघ ३
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर एस्ले योङलाई इटालियन क्लब इन्टर मिलानले भित्र्याएको छ । अघिल्लो दिन दुवै क्लबले खेलाडी किनबेचको घोषणा गरेका हुन् । योङका लागि मिलानले युनाइटेडलाई साढे १ मिलियन युरो सरुवा फी तिर्नेछ । सबै सरुवा प्रक्रिया पूरा भइसककाले इटालीमा अब उनको मेडिकल जाँच मात्रै हुन बाँकी छ ।

उमेरले ३४ वर्ष पुगेका योङले युनाइटेडमा ८ वर्ष बिताए । योङ सन् २०११ मा एस्टोन भिल्लाबाट युनाइटेड पुगेका थिए । सो अवधिमा उनले युनाइटेडबाट प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा लिगको उपाधि जितेका छन् । जारी सिजन उनले युनाइटेडका लागि १० खेल मात्रै खेले । उनले युनाइटेडका लागि कूल २ सय ६१ खेल खेलेका छन् ।

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार ०७:२५
Loading...