‘च्याम्पियन्स लिग बार्यनले जित्दैछ, बार्सिलोना अन्तिम १६ बाटै आउट हुन्छ’

एजेन्सी, माघ २
युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ का खेल आउन अब करिब एक महिना बाँकी छ । अन्तिम १६ मा सबैजसो ठूला टिमहरू पुगेका छन् । यसैक्रममा, जर्मन क्लब बार्यन म्युनिखका लिजेन्ड खेलाडी पाउल ब्रेटनरले यसपटक च्याम्पियन्स लिग बार्यनले जित्ने समय आएको बताएका छन् । अन्तिम १६ मा बार्यनले इंग्लिस क्लब चेल्सी प्रतिस्पर्धी पाएको छ ।

एक अन्तर्वार्ताक्रममा बोल्दै उनले हालको बार्यनको टिम साबिक विजेता लिभरपुल वा म्यानचेस्टर सिटीभन्दा निकै राम्रो रहेको बताए । ‘यसपटक च्याम्पियन्स लिग जित्न हामीसँग सबथोक छ,’ बार्यनको हालको टोलीबारे ब्रेटनरले भने, ‘यसपटक बार्यनसँग सबैभन्दा उत्कृष्ट टिम छ । लिभरपुल वा म्यानचेस्टर सिटीको भन्दा राम्रो ।’

ब्रेटनरले स्टार फरवार्ड लेवान्डोस्कीले यो सिजन निकै राम्रो गरिरहेको बताए । ‘उनमा कुनै परिवर्तन वा थकान छैन । उनले जे गरिरहेका छन्, त्यो निकै शानदार छ,’ ब्रेटनरले लेवान्डोस्कीको तारिफ गर्दै भने, ‘उनी यतिबेला विश्वकै नम्बर वान फरवार्ड हुन् ।’

ग्रेटनरले स्पेनिस बार्सिलोना पछिल्ला चार सिजनझैं यसपटक पनि उपाधि होडमा नरहने बताए । ‘उनीहरू साँच्चै यो उपाधिको भोका छन् । तर, माफ गर्नु होला– उनीहरू यसपटक अन्तिम १६ बाटै आउट हुनेछन्,’ गे्रटनरले सेमिफाइलन पुग्ने चार टिमको भविष्यवाणी गर्दै भने, ‘ मेरो विचारमा रियल मड्रिड, लिभरपुल र युभेन्टस सेमिफाइनल पुग्नेछन् ।’

प्रकाशित मिति २ माघ २०७६, बिहीबार २०:४३
Loading...