‘लाउरेस स्पोर्ट्सम्यान अफ् द इयर’को मनोनयन सार्वजनिक

काठमाडौं, माघ २
विश्वभरिका खेल मिडियाको साझा संस्थाले दिने प्रतिष्ठित लाउरेस अवार्डको मनोनयन सार्वजनिक भएको छ । गत राति आयोजक ‘लाउरेस स्पोर्टस फर गुड फाउन्डेसन’ ले वर्ष २०१९ का लागि ‘स्पोर्ट्सम्यान अफ् द इयर’ सहित विभिनन अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

यो अवार्ड हरेक वर्ष दिइने अवार्ड हो । यो अवार्ड खेलाडीलाई व्यक्तिगत रूपमा र क्लब तथा टिमलाई पनि दिइन्छ । यसपटक पुरुषतर्फ टप–६ मनोनयनमा फुटबल विधाबाट स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी मात्रै परेका छन् ।

वर्षकै सर्वोत्कृष्ट ‘स्पोर्टस्म्यान अवार्ड’का लागि फुटबल विधाबाट मेस्सी परेका छन् । त्यस्तै, लेविस ह्यामिलटन (मोटर रेसिङ), इलिउड किपचोज (एथ्लेटिक), मार्क मार्कक्विज (मोटरसाइक्लिङ), राफाएल नाडाल (टेनिस) र टाइगर उड्स (गल्फ) परेका छन् ।

त्यस्तै, टिमको अवार्डका लागि गत सिजन च्याम्पियन्स लिग जितेको इंग्लिस क्लब लिभरपुलसहित ६ टिम परेका छन् । यस्तो छ मनोनयन सूची :

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०९:०३
Loading...