एसी मिलान कोपाको अन्तिम आठमा, एट्लान्टा आउट

काठमाडौं, माघ २
इटालियन क्लब एसी मिलान कोपा इटालिया फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । गत राति भएको अन्तिम १६ को खेलमा एसपिएललाई ३–० ले हराउँदै मिलान अन्ति आठमा स्थान बनाएको हो ।

आफ्नो घरेलु मैदानमा मिलानको जितमा ३ जना फरक–फरक खेलाडीले गोल गरे । खेलको २०औं मिनेटमा पाइटेकले निकै सुन्दर गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ४४औं मिनेटमा सामु क्यास्टेल्लाजोले गोल गरेर पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफमा रियल मड्रिडबाट लोनमा मिलान पुगेका थियो हर्नान्डेजले गोल गरेपछि खेल मिलानले ३–० ले जित्दै उपाधितर्फ एक कदम अघि बढायो ।

यता, गत राति न भएको अर्को खेलमा फियोरेन्टिनाले एट्लान्टालाई हराउँदै अन्तिम आठमा स्थान बनायो । आफ्नो घरमा खेलको ७०औं मिनेटमा १० खेलाडीमा झरेको फियोरेन्टिनाले २–१ ले खेल जित्दै अन्तिम आठमा स्थान बनायो । यो सिजन च्याम्पियन्स लिग खेलेको एट्लान्टा भने अन्तिम १६ बाटै आउट भयो ।

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०७:५९
Loading...