रिप्लेमा उल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौं, माघ २
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गत राति भएको तेस्रो चरणमो निर्णायक खेलमा युनाइटेडले उल्भ्सलाई १–० ले निराश बनाउँदै अर्को चरणको टिकट काटेको हो ।

युनाइटेड र उल्भ्सले रिप्ले खेलेका हुन् । यसअघिको खेल बराबरीमा सकिएपछि पुनः नतिजा निकाल्न रिप्ले खेलाउँदा युनाइटेडले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्ड भएको खेलमा युनाइटेडलाई जित निकाल्न ठूलै संघर्ष गर्नु परेको हो । जारी सिजन घरेलु प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई दुवै लेगमा हराएको उल्भ्सविरुद्ध युनाइटेड आफ्नो घरमा चर्को दबाबमा देखिएको थियो ।

तर, खेलको ६७औं मिनेटमा घरेलु टोलीका लागि जाउन माटाले गरेको १ मात्रै गोल युनाइटेडलाई चौथो चरण लैजान पर्याप्त बन्यो । त्यसपछि उल्भ्सले गोल गर्न नसक्दा खेल युनाइटेडले १–० ले जित्यो ।

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०७:४१
Loading...