सर्वाधिक मूल्यवान् टप–१० खेलाडीको सूची सार्वजनिक : को कति स्थानमा ?

एजेन्सी, माघ १
फ्रेन्च क्लब पिएसजी तथा फ्रान्सको राष्ट्रिय टोलीका युवा फरवार्ड केलियन एमबाप्पे यो समयका सबैभन्दा मूल्यवान् खेलाडी बनेका छन् । ‘सिआईइएस फुटबल अब्जरभेटरी’ नामक संस्थाले जारी गरेको मूल्यवान् खेलाडीको ताजा सूचीमा युवा फरवार्ड एमबाप्पे पहिलो स्थानमा छन् ।

२१ वर्षका एमबाप्पले पिएसजीकै ब्राजिलियन नेइमार, इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, लिभरपुलका मोहमद सालाह, साडियो मानेलगायत खेलाडीलाई पछि पारेका छन् ।

सो सूचीमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी टप–१० मा रहँदा नेइमार र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने टप–१० मा छैनन् । यस्तो छ सर्वाधिक मूल्यवान् खेलाडीको सूची :

  1. केलियन एमबाप्पे – २६५.२ मिलियन पाउन्ड
  2. रहिम स्टर्लिङ – २२३.७ मिलियन पाउन्ड
  3. मोहमद सालाह – १७५.१ मिलियन पाउन्ड
  4. जोर्डन सान्चो – १६८.९ मिलियन पाउन्ड
  5. साडियो माने – १५५. मिलियन पाउन्ड
  6. ह्यारी केन – १५०.५ मिलियन पाउन्ड
  7. मार्कुस रासफोर्ड – १३४.३ मिलियन पाउन्ड
  8. लिओनल मेस्सी – १२५.५ मिलियन पाउन्ड
  9. एन्टोनी ग्रीजम्यान – १२३.६ मिलियन पाउन्ड
  10. लौटारो मार्टिनेज – ११५.७ मिलियन पाउन्ड

प्रकाशित मिति १ माघ २०७६, बुधबार १६:४२
Loading...