कोपा इटालिया अन्तिम १६ : आज युभेन्टस र उडिनेसको भिडन्त हुँदै

काठमाडौं, माघ १
इटालीको नकआउट फुटबल प्रतियोगिता कोपा इटालियाअन्तर्गत आज अन्तिम १६ मा तीन खेल हुँदैछन् । आज हुने खेलमा एसी मिलान, एट्लान्टा र युभेन्टसले आ–आफ्नो खेल खेल्दैछन् ।

आज हुने पहिलो खेलमा राति ७ः४५ बजेबाट फियोरेन्टिना र एट्लान्टा खेल्दैछन् । यो खेल फियोरेन्टिनाको घरमा हुनेछ । आजको दोस्रो खेलमा राति १०ः४५ बजेबाट एसी मिलान र एसपिएलको खेल हुनेछ । यो खेल मिलानको घरमा हुनेछ ।

आजको अन्तिम खेलमा राति १ः३० बजेबाट युभेन्टस र उडिनेसको भिडन्त हुनेछ । यो खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ । युभेन्टस गत सिजनयो प्रतियोगिताको अन्तिम आठबाटै आउट भएको थियो । तसर्थ, ऊ यसपटक जसरी पनि कोपा जित्ने दाउमा छ । यसअघि सुपरकोपा हारेकाले पनि ऊमाथि यो उपाधि जित्नैपर्ने दबाब छ ।

आजको खेलमा पनि युभेन्टसको टोलीमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो केन्द्रमा हुनेछन् । पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका उनी आज टिमलाई जिताउँदै गोल संख्या बढाउने प्रयास हुनेछ । जारी सिजन उनले सबैखाले प्रतियोगिताबाट १६ गोल गरिसकेका छन्, यो गत सिजनको भन्दा निकै राम्रो अवस्था हो ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार ०९:५२
Loading...