‘रिप्ले’मा जित निकाल्दै टोटनह्याम एफए कपको चौथो चरणमा

काठमाडौं, माघ १
इंग्लिस क्लब टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोल मिडेल्सब्रफमाथि २–१ को जित निकाल्दै टोटनह्याम अर्को चरण प्रवेश गरेको छ ।

चौथो चरण जान टोटनह्यामलाई रिप्ले खेल्नु परेको थियो । यसअघि भएको खेल बराबरीमा सकिएपछि नतिजा टुंगो लगाउन रिप्ले खेलाइएको हो । रिप्लेमा टोटनह्यामले नतिजा आफ्नो पक्षमा निकाल्यो ।

टोटनह्यामका लागि खेलको दोस्रो मिनेटमै जिओभानी सेल्साले गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि खेलको १५औं इरिक लामेलाले गोल गरेपछि टोटनह्याम जिततर्फ अघि बढेको थियो ।

तर, खेलको ८३औं मिनेटमा पाहुना टोलीका मिडेल्सब्रफका लागि जर्जियो साभिल्लेले गोल गरेर टोटनह्यामको जित २–१ मा झारिदिएका थिए ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार ०८:०८
Loading...