प्रभावशाली जितसहित लाजियो कोपा इटालियाको क्वार्टरफाइनलमा

काठमाडौं, माघ १
इटालियन क्लब लाजियो जारी सिजनको नकआउट फुटबल प्रतियोगिता कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ । गत राति भएको अन्तिम १६ को खेलमा लाजियोले क्रेमोन्सेसलाई ४–० ले हराउँदै अर्को चरणमा स्थान पक्का गरेको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि ४ जना फरक–फक खेलाडीले गोल गरे । खेलको १०औं मिनेटमा प्याट्रिकले पहिलो गोल गरे । त्यसपछि २६औं मिनेटमा मार्को पारोलोले गोल गरेर पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफमा पनि लाजियोले २ गोल थप्यो । खेलको ५८औं मिनेटमा सिरो इम्मोबाइलले पेनाल्टीमार्फत् तेस्रो गोल गरे भने ८९औं मिनेटमा बार्टोमेउल ज्यासिन्टोले गोल गरेपछि खेल लाजियोले ४–१ ले जित्यो ।

प्रकाशित मिति १ माघ २०७६, बुधबार ०७:५५
Loading...